काठमाडौँ । नक्कली सुनका गहनाहरू धितो राखेर २४ लाख ५ हजार रुपैयाँ कर्जा लिई ठगी गरेको अभियोगमा प्रहरीले पर्वतको कुश्मा नगरपालिका-३ घर भई पोखरा महानगरपालिका-१८ सराङकोट बस्ने २५ वर्षीय अभिसेक सुनारलाई पक्राउ गरेको छ ।
सुनारले राष्ट्रिय वाणिज्य बैंकको पोखरा महानगरपालिका-१७ बिरौटा शाखाबाट १६ लाख ६० हजार रुपैयाँ र सोही महानगरपालिका-८ पृथ्वीचोक शाखाबाट ७ लाख ४५ हजार रुपैयाँ गरी जम्मा २४ लाख ५ हजार रुपैयाँ कर्जा लिएका थिए ।
लामो समयसम्म कर्जाको साँवाव्याज बुझाउन नआएपछि धितोको गहना जाँच गर्दा कमसल सुन प्रयोग गरी तयार गरिएको खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
साथै धितो राखेका उक्त गहनाहरू नक्कली सुनबाट तयार गरिएको अनुसन्धानबाट खुल्न आएको छ ।
उनी उपर जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ कार्तिक २०७९, १९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ