दाङ । घोराही उपमहानगरपालिका–१३ डुमर गाउँकी ३५ वर्षीया निरु रोकालाई हत्या गरेर पति ३६ वर्षीय नवीन रोकाले आत्महत्या गरेका छन्।
मानसिक रोगका बिरामी रोकालाई उपचारका लागि बिहीवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइकी निरु र नवीन शुक्रबार बिरामी जाँचका लागि नजिकै गौतमनगर टोलस्थित फुपूको घरमा बास बसेका बेला राति निरुको घाँटी थिचेर हत्या गरी आफूले पनि पंखामा झुण्डिएर आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजनराज गौतमले जानकारी दिए।
बिहान कोठाबाट कोही ननिस्किएपछि ढोका खोलेर हेर्दा दुवै मृत भेटिएको प्रहरीले जनाएको छ। दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पोस्टमार्टमपछि परिवारलाई शव बुझाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ कार्तिक २०७९, २० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा एउटै डोरीमा झुन्डिएर दिदीबहिनीले गरे आत्महत्या
सशस्त्रका जवानद्वारा हिरासतभित्रै आत्महत्या
लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै युवतीद्वारा आत्महत्याको प्रयास