प्रधान सेनापतिद्वारा खड्कालाई रथीको दर्ज्यानी चिह्न प्रदान

सफल खबर संवाददाता

शुक्रबार, १८ कार्तिक २०७९, १४ : ४६
प्रधान सेनापतिद्वारा खड्कालाई रथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका सीताराम खड्कालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषदको कार्तिक १६ गतेको निर्णय अनुसार उनी रथीमा बढुवा भएका थिए । 

शुक्रबार जङ्गी अड्‌डामा आयोजित कार्यक्रमका बीच उनलाई शर्माले रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।  पदोन्नति भएका खड्का बलाध्यक्षमा नियुक्ति भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

मन्त्रिपरिषद्को सोही निर्णय बमोजिम उपरथीमा विजय थापा र आश बहादुर तामाङ्गलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ । थापा सुदूरपश्चिम पृतना हेडक्वार्टरको पृतनापति र तामाङ नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्षमा नियुक्ति भएका छन् । उक्त दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस