हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा-११ नवलपुरबाट जुवा खेलिरहेका ३३ जनालाई सोमबार राति पक्राउ गरेको छ ।
नवलपुरस्थित बैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर कार्कीले जानकारी दिए ।
जुवा खेलीरहेका स्थानबाट प्रहरीले १३ थान कौडा, १३ बुक तास र ७३ हजार रुपैयाा नियन्त्रणमा लिएको छ ।यसैगरी प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै सोही स्थानबाट एक जना महिलालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ कार्तिक २०७९, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ