काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसमक्ष वाग्मती प्रदेश नीति तथा योजना आयोगले तयार पारेको विभिन्न चार वटा कानुनी मस्यौदा हस्तान्तरण गरिएको छ ।
उक्त आयोगका उपाध्यक्ष डा कृष्णराज पन्तले मुख्यमन्त्रीको कार्यालयमा हस्तान्तरण गरेको मस्यौदामा प्रदेश नीति तथा योजना आयोग ऐन २०७९, प्रदेश व्यवस्थापन ऐन २०७९, प्रदेश आयोजना बैङ्क दिग्दर्शन ऐन २०७९ तथा संगठनात्मक संरचना र जनशक्ति सम्वन्धी ऐन २०७९ रहेका छन् ।
उक्त मस्यौदा गत भदौ ५ र ६ गते गण्डकी प्रदेशको नीति तथा योजना आयोगको आयोजनामा पोखरामा सम्पन्न सातै प्रदेशको योजना आयोगको बैठकद्वारा पारित गरी तयार गरिएको थियो । मस्यौदा हस्तान्तरण कार्यक्रममा वाग्मती प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव तथा अन्य सचिवको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ असोज २०७९, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्त्वपूर्ण छ’: मुख्यमन्त्री पाण्डे
‘मातृ मृत्युदर घटाउन सेवा र निगरानीको पहुँच पुर्याउनुपर्छ’: मुख्यमन्त्री पाण्डे
सञ्चारकर्मीमाथिको आक्रमण निन्दनीय : मुख्यमन्त्री पाण्डे
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नु आवश्यक छ : मुख्यमन्त्री पाण्डे