काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसमक्ष वाग्मती प्रदेश नीति तथा योजना आयोगले तयार पारेको विभिन्न चार वटा कानुनी मस्यौदा हस्तान्तरण गरिएको छ ।
उक्त आयोगका उपाध्यक्ष डा कृष्णराज पन्तले मुख्यमन्त्रीको कार्यालयमा हस्तान्तरण गरेको मस्यौदामा प्रदेश नीति तथा योजना आयोग ऐन २०७९, प्रदेश व्यवस्थापन ऐन २०७९, प्रदेश आयोजना बैङ्क दिग्दर्शन ऐन २०७९ तथा संगठनात्मक संरचना र जनशक्ति सम्वन्धी ऐन २०७९ रहेका छन् ।
उक्त मस्यौदा गत भदौ ५ र ६ गते गण्डकी प्रदेशको नीति तथा योजना आयोगको आयोजनामा पोखरामा सम्पन्न सातै प्रदेशको योजना आयोगको बैठकद्वारा पारित गरी तयार गरिएको थियो । मस्यौदा हस्तान्तरण कार्यक्रममा वाग्मती प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव तथा अन्य सचिवको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ असोज २०७९, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् हेरफेर, नयाँ मन्त्रीहरूले लिए शपथ
‘होलीले समाजका विकृति, विसंगति एवम् कुरीतिको अन्त्य गर्छ’ : मुख्यमन्त्री पाण्डे
मुख्यमन्त्री पाण्डेद्वारा क्षतिग्रस्त सरकारी कार्यालयको निरीक्षण
‘समाजिक सद्भाव बलियो बनाउँदै नयाँ बाटो पहिल्याउनुपर्छ’ : मुख्यमन्त्री पाण्डे
संस्कृति संरक्षणका लागि स्थानीय जागरूक हुनुपर्छ : मुख्यमन्त्री पाण्डे
‘प्रदेश सरकारका निर्णयलाई पारदर्शी बनाइनेछ’: मुख्यमन्त्री पाण्डे