काठमाडौं । चालु आर्थिक वर्ष २०७९-८० को पहिलो दुई महिनामा नेपालमा विभिन्न देशबाट ५११ केजी सुन भित्रिएको छ । उक्त सुन नेपाल खरिद गर्नको लागि नेपालबाट साढे अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।
भन्सार विभागका अनुसार गत साउन र भदौ महिनामा उक्त सुन नेपाल भित्रिएको हो । सो समयमा ३ अर्ब ६५ करोड ३ लाख ६३ हजार रुपैयाँको सुन नेपालले आयात गरेको विभागले जनाएको छ । बितेका दुई महिनामा नेपालमा स्वीट्जरल्याण्ड, टर्की र युनाइटेड अरब इमिरेट्स ९युएई०बाट सुन आएको छ ।
विभागका अनुसार साउन र भदौ महिनामा स्वीट्जरल्याण्डबाट ७० करोड ९९ लाख ६६ हजार रुपैयाँको सुन नेपाल आएको छ । यस्तै, टर्कीबाट १ अर्ब ८ करोड २ लाख ७९ हजार रुपैयाँको सुन नेपालले आयात गरेको छ । पछिल्लो दुई महिनामा नेपालमा सबैभन्दा बढी सुन युएईबाट आएको छ । सो अवधिमा युएईबाट १ अर्ब ८६ करोड १ लाख १८ हजार रुपैयाँको सुन नेपालले आयात गरेको छ ।
गत आर्थिक वर्ष २०७८र७९ को पहिलो दुई महिनामा नेपालमा ८ अर्ब ३५ करोड ७७ लाख ६७ हजार रुपैयाँको १ हजार २१५ केजी सुन भित्रिएको थियो । गत वर्षको सोही अवधिको तुलनामा यस आर्थिक वर्षको पहिलो दुई महिनामा ४ अर्ब ७० करोड ७४ लाख ४ हजार रुपैयाँ कमको सुन नेपालले आयात गरेको छ ।
गत आर्थिक वर्षको साउन र भदौ महिनामा युएईबाट ५ अर्ब ९२ करोड ३७ लाख ४० हजार रुपैयाँ र टर्कीबाट २ अर्ब ४३ करोड ४० लाख २७ हजार रुपैयाँको सुन नेपालले आयात गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असोज २०७९, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठमेलबाट सुनसहित २ चिनियाँ नागरिक पक्राउ
सुनको मूल्य बढ्यो, आज कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
एक हप्ता पछि सुनको मूल्य तोकियो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य आज बढ्यो, कतिमा हुदैछ कारोबार ?
आजदेखि सुन पसल खुल्ने