गण्डकी । हरेक वसन्तयाममा थरिथरिका गुराँसले ढकमक्क हुन्छ बागलुङको पर्यटकीय लेक घुम्टे। पछिल्लो समय नयाँ वर्ष पारेर ‘गुराँस उत्सव’ गर्न थालिएपछि घुम्टेको थप प्रचार भइरहेको छ । यसपालि पनि नयाँ वर्ष २०८३ का अवसरमा यहाँ १४औँ संस्करणको ‘गुराँस उत्सव’ आयोजना हुँदैछ।
घुम्टे पर्यटन विकास केन्द्रले २०७० सालदेखि उत्सवसहित पर्यटन प्रवर्द्धनका काम गर्दै आएको छ । केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेतले नयाँ वर्षको अवसरमा आज र मङ्गलबार घुम्टेमा विविध कार्यक्रम गर्न लागिएको बताए।
तीन हजार ३२० मिटर उचाइमा रहेको घुम्टे लेकबाट नयाँ वर्षलाई स्वागत गरिने उनको भनाइ छ । ‘गुराँस उत्सव’ले प्रकृतिप्रेमी पर्यटक लोभ्याउने गरेको छ । विशेषगरी आन्तरिक पर्यटकले घुम्टेलाई नयाँ वर्षको गन्तव्य बनाउन थालेका छन् । गुराँस फुल्ने याम र नयाँ वर्षको अवसर पारेर यो उत्सव हुँदै आएको छ ।
घुम्टेको पर्यटन प्रवर्द्धन र राष्ट्रिय फूल लालीगुराँस संरक्षणको सन्देश दिन उत्सव आयोजना गरिएको अध्यक्ष बस्नेतले बताए।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ३० चैत्र २०८२, १५ : ५४
लेखकबाट थप