काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल सोझै खरिद (आउटराइट पर्चेज) मार्फत बैंकिङ प्रणालीमा ४० अर्ब तरलता पठाउन खोजे पनि बैंकहरुले ब्याजदर बढी खोजे पछि करिब २९ अर्ब मात्रै पठाएको छ ।
बिहीबार राष्ट्र बैंकले तरलता अभाव बढ्दै गएपछि ट्रेजरी बिल सोझै खरिदमार्फत ४० अर्ब तरलता प्रणालीमा पठाउन बोलकबोल आह्वान गरेको थियो ।शुक्रबार निष्कासन हुने गरी भएको बोलकबोलमा बैंकहरुले ब्याजदर दोहोरो अंकसम्म पुर्याएपछि २८ अर्ब ८५ करोडको मात्रै ट्रेजरी बिल राष्ट्र बैंकले खरिद गरेको छ ।
बैंकहरुले आफूसँग भएको ट्रेजरी बिल दिएर १७ बैंकले ४६ अर्ब ९९ करोड ५० लाख रुपैयाँ तरलता माग गरेका थिए । तर, राष्ट्र बैकले भने २८ अर्ब ८५ करोडको मात्रै ट्रेजरी बिल खरिद गरेर प्रणालीमा तरलता पठाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ असोज २०७९, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै