चितवन । भरतपुर महानगरपालिकाले निःशूल्क तालिमका लागि आवेदन माग गरेको छ । आवेदन यही असोज २९ गतेसम्म दिइसक्नु पर्ने महानगरद्धारा प्रकाशित सुचनामा भनिएको छ ।
आवेदन दिनका लागि भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने, कम्तीमा आठ कक्षा उर्तिण, १८ वर्ष पुरा गरी ४० वर्ष नपुगेका व्यक्तिले भरतपुर महानगरपालिका तथा सहकारी प्रवर्द्धन शाखामा सम्पर्क गर्नुपर्ने छ ।
आवेदन फारम भरतपुर महानगरपालिकाको वेवसाइट https://bharatpurmun.gov.np/ बाट डाउनलोड गर्न सकिने छ ।भरतपुर महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को सहकारी कार्यक्रम तथा प्रवर्द्धन नीति तथा कार्यक्रम बमोजिम सैलुन प्लम्बर, इलेक्ट्रिसियन, ड्राईभिङ र मागमा आधारित मेयर उद्यमशीलता तालिम उपलब्ध छन् ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मागका आधारमा न्युनतम ६ महिनाको निःशुल्क तालिम प्रदान गर्न लागिएको जानकारी दिइन् । युवाले इच्छा गरे अनुरुप महानगरपालिकाले प्राविधिक तालिम दिइने उनको भनाई छ ।
मेयर दाहालले रोजगारी प्रर्वद्धन गर्ने स्थानीय सरकारको दायित्व भएकाले बढीभन्दा बढी रोजगारी प्रर्वद्धन गर्ने उद्देश्यले तालिम दिन लागिएको उल्लेख गरिन् । मेयर दाहालले भरतपुर महानगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला, सिटीहल निर्माण सम्पन्न भएसँगै ठुलौ संख्यामा रोजगारी सिर्जना हुने बताइन् ।
महानगरपालिकाले यस वर्ष दुई हजार जना युवालाई निःशूल्क तालिम प्रदान गर्ने लक्ष्य लिएको छ । महानगरपालिकाले यो आर्थिक वर्षमा युवाहरुलाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रर्वद्धन गर्न एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असोज २०७९, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना
भरतपुरको विकासमा यी कार्यक्रमले पाए निरन्तरता, यस्ता कार्यक्रम आउँदैछन् नयाँ
समृद्ध सहरको संकल्प : भरतपुरले ल्यायो ‘पूर्वाधारमै आधारित’ रूपान्तरणको ठूलो योजना
गर्मी बढेपछि भरतपुर महानगरपालिकाले दियो ३ दिन विद्यालयलाई सार्वजनिक बिदा
डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम