चितवन । भरतपुर महानगरपालिकाले निःशूल्क तालिमका लागि आवेदन माग गरेको छ । आवेदन यही असोज २९ गतेसम्म दिइसक्नु पर्ने महानगरद्धारा प्रकाशित सुचनामा भनिएको छ ।
आवेदन दिनका लागि भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने, कम्तीमा आठ कक्षा उर्तिण, १८ वर्ष पुरा गरी ४० वर्ष नपुगेका व्यक्तिले भरतपुर महानगरपालिका तथा सहकारी प्रवर्द्धन शाखामा सम्पर्क गर्नुपर्ने छ ।
आवेदन फारम भरतपुर महानगरपालिकाको वेवसाइट https://bharatpurmun.gov.np/ बाट डाउनलोड गर्न सकिने छ ।भरतपुर महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को सहकारी कार्यक्रम तथा प्रवर्द्धन नीति तथा कार्यक्रम बमोजिम सैलुन प्लम्बर, इलेक्ट्रिसियन, ड्राईभिङ र मागमा आधारित मेयर उद्यमशीलता तालिम उपलब्ध छन् ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मागका आधारमा न्युनतम ६ महिनाको निःशुल्क तालिम प्रदान गर्न लागिएको जानकारी दिइन् । युवाले इच्छा गरे अनुरुप महानगरपालिकाले प्राविधिक तालिम दिइने उनको भनाई छ ।
मेयर दाहालले रोजगारी प्रर्वद्धन गर्ने स्थानीय सरकारको दायित्व भएकाले बढीभन्दा बढी रोजगारी प्रर्वद्धन गर्ने उद्देश्यले तालिम दिन लागिएको उल्लेख गरिन् । मेयर दाहालले भरतपुर महानगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला, सिटीहल निर्माण सम्पन्न भएसँगै ठुलौ संख्यामा रोजगारी सिर्जना हुने बताइन् ।
महानगरपालिकाले यस वर्ष दुई हजार जना युवालाई निःशूल्क तालिम प्रदान गर्ने लक्ष्य लिएको छ । महानगरपालिकाले यो आर्थिक वर्षमा युवाहरुलाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रर्वद्धन गर्न एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असोज २०७९, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास