काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी पाहुना सहभागी हुने जनाएको छ । बुधबार पत्रकार सम्मेलन गरेर महानगरले यस वर्षको इन्द्रजात्रा पर्व अवलोकलन गर्न विदेशी पाहुनालाई आमन्त्रण गरिएको जनाएको हो ।
काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले इन्द्रजात्रा काठमाडौंमा मात्र सीमित नगराएर अन्न्तर्राष्ट्रियस्तरमै चिनाउन खोजिएको बताए । यसका लागि विभिन्न देशका प्रतिनिधिलाई आमन्त्रण गरिएको महानगर प्रवक्ता तथा काठमाडौं वडा १७ का वडा अध्यक्ष नविन मानन्धरले जानकारी दिए ।
‘यस वर्ष हामीले इन्द्रजात्रा अवलोकनका लागि देशी विदेशी पाहुनालाई बोलाएको छौँ,’ उनले भने, ‘कूटनीतिक नियमानुसार संघीय सरकारमार्फत विदेशी पाहुनालाई बोलाएका छौँ ।’
यस वर्षको इन्द्रजात्रा आउँदो शुक्रबार रहेको छ । तर, इन्द्रजात्राको सुरुवात भने भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ भदौ २०७९, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन पूर्ण प्रतिबन्ध
काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर