एजेन्सी । पाकिस्तानमा आएको विनाशकारी बाढीका कारण देशमा करिब १ हजार ३ सय जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले शनिबार दिएको जानकारीअनुसार विगत २४ घण्टामा २९ जनाको ज्यान गएपछि जुनदेखि मृत्यु हुनेको संख्या १ हजार ३९० पुगेको छ ।
यसैबीच, पाकिस्तानका सरकारी निकाय र निजी गैरसरकारी संस्थाहरूले उद्धार तथा राहात जारी राखेका छन् । बाढीका कारण देशको एकतिहाई भूभाग जलमग्न छ । बाढीबाट विशेषगरी बलुचिस्तान, दक्षिणमा बलुचिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्तहरू प्रभावित छन् ।
बाढीले १४ लाख ६८ हजार ९१ घरहरु आंशिक वा पूर्ण रुपमा क्षेतिग्रस्त भएका छन् भने ७ लाख ३६ हजार ४५९ पशुचौपाय मारिएका छन् । आन्तरिक विस्थापनका कारण अहिले बलुचिस्तान, खैबर पख्तुनख्वा, सिन्ध र पञ्जाबमा ५ लाखभन्दा बढी मानिस राहत शिविरमा बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १९ भदौ २०७९, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु