काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूहरु १ सय दिनको दौडमा नरहेको बताएका छन् । उनले आफूहरुसँग ५ वर्षका लागि योजना रहेको बताएका छन् ।
काठमाडौं महानगरपालिकाको मेयरको रुपमा १०० दिनको कामको विवरण सार्वजनिक गर्दै आइतबार मेयर शाहले अझै केही समय गाली र आलोचनामात्रै सहन तयार रहेको भन्दै हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नरहेको बताएका छन् ।
ुहामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन् । हामी अझै केहि समय गाली र आलोचनामात्रै सहन तयार छौँ तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँु उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ भदौ २०७९, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमानले बालेनसँग भेटेको तस्वीर किन सार्वजनिक गरे ?
बालेनविरुद्ध एमाले निकट युवा संघद्वारा साइबर ब्युरोमा उजुरी
मध्यरातमा बालेनको धन्यवाद ‘स्टाटस’
बालेनलाई मेयर बनाउने सबै अपराधी र देशद्रोही हुन् : सूर्य थापा
के थियो बालेनको स्टाटस ? किन भइरहेको छ विरोध ?
प्रधानमन्त्रीलाई काठमाडौंका मेयर बालेनले दिए तीन मुद्दामा दवाव