आसन्न निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने

सफल खबर संवाददाता

शुक्रबार, १७ भदौ २०७९, ०९ : ३४
आसन्न निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन् ।

निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७६ दलबाट निवेदन परेकामा अन्तिममा ६८ दल कायम भएका हुन् ।
आयोगले ती दलको दर्ता नम्बर, नाम, केन्द्रीय कार्यालयको ठेगाना, प्रमुख पदाधिकारीको नाम, निवेदन दर्ता गराउन आउने अख्तियारप्राप्त व्यक्तिको नाम र निर्वाचन चिह्न सहितको विवरण प्रकाशन गरेको छ । सो विवरणमा दर्ताका आधारमा जनमत पार्टीको ‘हर्न’ चिह्न पहिलो नम्बरमा रहेको छ । 

नेपाली कांग्रेसको रुख १५, नेकपा एमालेको सूर्य २८, नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको हसियाँहथौडा ६०औं क्रममा रहको छ । ६८औं नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ चिह्न दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस