काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ अहिलेसम्म एक करोड ४ लाख ४३ हजार २७२ सदर मत गणना भइसकेको छ ।
प्रत्यक्षतर्फ पहिलो रहेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ पनि पहिलो छ । समानुपातिकतर्फ रास्वपाले ५० लाख १४ हजार ८९१ मत प्राप्त गरिसकेको छ । समानुपातिकतर्फ चार वटा दलले अहिलेसम्म एक हजार मत कटाउन सकेका छैनन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म जनप्रिय लोकतान्त्रिक पार्टीले ९०० मत प्राप्त गरेको छ ।
यस्तै, मितेरी पार्टी नेपालले ७४८, उन्नत लोकतन्त्र पार्टीले ७०७ र त्रिमुल नेपाल पार्टीले ६६९ मत प्राप्त गरेको छ ।
समानुपातिकतर्फ ५७ राजनीतिक दल सूचीकृत छन् । तीमध्ये रास्वपा नेपाल, नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले जारी मतगणनामा थ्रेस होल्ड अर्थात् कम्तीमा ३ प्रतिशत मत कटाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ फागुन २०८२, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिक ११० सांसदलाई प्रमाणपत्र प्रदान
समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण प्रक्रिया प्रारम्भ
समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने
समानुपातिकमा दलहरुले छानेका यी हुन् ११० सांसद (नामसहित)
समानुपातिकतर्फ एक करोड सात लाख ३० हजार मत गणना, कुन दलले कति मत पाए ?
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ?