काठमाडौं । सिद्धार्थ राजमार्ग बुटवल–पाल्पा सडक खण्ड पुनः अवरुद्ध भएको छ । बुटवल–पाल्पा सडकखण्डको हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन पुनः अवरुद्ध भएको हो ।
निरन्तरको वर्षाका कारण बुटवल–पाल्पा खण्डको केराबारी नजिक सडक भासिएपछि बिहीवार राति पौने १० बजेबाट डाइभर्सन निर्माण शुरू गरिएको थियो । डाइभर्सन निर्माण सकिएलगत्तै बिहीवार राति २ ठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरूपमा ठप्प भएको छ ।
सडक बन्द भएपछि यात्रुहरू अलपत्र परेका छन् । भासिएको सडक निर्माण नभएको र डाइभर्सन बनाइएको सडक समेत हिलाम्य भएकाले ग्राभेल नगर्दासम्म सवारीसाधन पास गर्न सकिने अवस्था नरहेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले जानकारी दिए ।
अहिले निरन्तर पानी परेकाले पानी रोकिएपछि मात्रै सवारीसाधन सञ्चालन गर्ने गरी काम गरिने उनले बताए । सडक सञ्चालन नहुँदासम्म अन्य वैकल्पिक सडकहरूको प्रयोग गर्न सडक डिभिजन कार्यालय पाल्पाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ भदौ २०७९, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
पहिरो खसेपछि बीपी राजमार्ग फेरि अवरुद्ध
पहिरोले सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध
घोराही–थबाङ सहिदमार्गमा दुई ठाउँमा पहिरो, सडक अवरुद्ध
सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
पहिरोले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध