चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रूपमा अवरुद्ध भएको छ । आइतबार बिहान पहिरो खसेपछि अहिले उक्त खण्डमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन भइरहेका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार मुग्लिनबाट करिब पाँच किलोमिटर नारायणगढतर्फ पर्ने सो स्थानमा ठूला ढुङ्गासहित पहिरो खसेको हो ।
सडकलाई पूर्ण रूपमा सञ्चालन गर्न डिभिजन सडक कार्यालय भरतपुरसँग समन्वय गरी डोजर मगाइएको उनले जानकारी दिए ।
बिहानीको समयमा पहिरो खसेका कारण सवारीको चाप बढ्न सक्ने भएकाले चालकहरूलाई संयमित भएर सवारी चलाउन प्रहरीले आग्रह गरेको छ । पहिरो पन्छाएर सडक दुईतर्फी खुलाउन केही समय लाग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० बैशाख २०८३, ०९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते