एजेन्सी । एसिया क्रिकेटमा हुन गइरहेको भारत–पाकिस्तान क्रिकेट खेल सामूहिक रूपमा हेर्ने विद्यार्थीहरूलाई ८ हजार रुपैयाँ जरिवाना हुने भएको छ । भारतको जम्मू–कश्मीरस्थित नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजी श्रीनगरले सूचना जारी गर्दै सामूहिक रूपमा क्रिकेट हेर्न निषेध गरेको छ ।
इन्स्टिच्युटको छात्रावासमा बस्ने विद्यार्थीले क्रिकेट प्रतियोगिता अवधिभर आफ्नो कोठाबाहिर निस्किन पाइने छैन । आफ्नो कोठामा पनि खेल हेर्दा अनुशासित हुनुपर्ने व्यवस्था गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सूचनामा भनिएको छ, ‘विद्यार्थीलाई निर्देशन गरिन्छ कि खेललाई खेलको रूपमा लिनुहोला । संस्थानरहोस्टेलमा कुनै पनि किसिमको अनुशासनहीनता प्रदर्शन गर्न पाइने छैन ।’
समूहमा क्रिकेट हेर्दा वादविवाद हुनसक्ने भएकाले कोठाबाहिर निस्किन निषेध गरिएको छ । विद्यार्थीले क्रिकेटसँग सम्बन्धित कुनै पनि कुरा सामाजिक सञ्जालमा समेत राख्न पाइने छैन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १२ भदौ २०७९, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि