काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका-४ तातोपानीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन्। उदयपुरको त्रियुगा नगरपालिका(१० का २२ वर्षीय मिलन राईलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि बेपत्ता बनाएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। नदी किनारमा राईले लगाएको कपडामात्र भेटिएको छ।
राई तीन वर्षदेखि तातोपानीमा ट्र्याक्टर चलाउने काम गर्दै आएका स्थानीयवासीसमेत रहेका वडा सदस्य प्रेम श्रीसले जानकारी दिए। म्याग्दी र कालीगण्डकी नदी किनारमा खोजी गरिए पनि राई नभेटिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ भदौ २०७९, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीगण्डकीमा बेपत्ता भएका २ जनाकै शव फेला
महाकालीमा बगेर एक जना बेपत्ता
फेब्रुअरीदेखि बेपत्ता ठकुरीको शव न्युयोर्कमा फेला
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
मकवानपुरमा खोलाले बगाउँदा एक जना बेपत्ता