न्युयोर्क। गत फेब्रुअरी महिनादेखि बेपत्ता रहेका झापा जिल्ला, दमक-८ स्थायी घर भई ११ वर्षदेखि अमेरिकामा बस्दै आएका धनबहादुर ठकुरी (प्रशान्त ठकुरी) को निधन भएको खबरले न्युयोर्कस्थित नेपाली समुदाय स्तब्ध बनेको छ। धेरै खोजीपछि हालै उनको शव क्विन्सको चिकित्सा शव परीक्षण केन्द्रमा रहेको पत्ता लागेको हो।
नेपाली महावाणिज्यदूतावासमार्फत यो दुःखद खबर सार्वजनिक भएपछि उनको परिवार शोकमग्न छ। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनको अन्तिम संस्कार विधिपूर्वक सम्पन्न गर्न समस्या देखिएको छ।
यस दुःखद घडीमा सहयोग जुटाउन गैर आवासीय नेपाली संघ (एनआरएनए) न्युयोर्क च्याप्टर, दर्शन ठकुरी समाज अमेरिका र झापाली समाज अमेरिकाले संयुक्त रूपमा पहल गरेका छन्। उनीहरूले गो फन्ड मीमार्फत अन्तिम संस्कार र अन्य व्यवस्थापनका लागि २० हजार डलरको आर्थिक सङ्कलन अभियान चलाएका छन्।
आयोजकहरूले सम्पूर्ण नेपाली संघसंस्था, समाजसेवी तथा समुदायका सदस्यहरूलाई यो मानवीय कार्यमा सहभागी भई सक्दो सहयोग गर्न अनुरोध गरेका छन्। स्वर्गीय ठकुरीकी श्रीमती र दाजु अन्तिम संस्कारमा सहभागी हुन अमेरिका आउने भिसा प्रक्रियामा रहेको र उनीहरू न्युयोर्क आइपुगेपछि धार्मिक विधिअनुसार अन्तिम दाहसंस्कार गरिने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ कार्तिक २०८२, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
मकवानपुरमा खोलाले बगाउँदा एक जना बेपत्ता
नदीमा डुबेर किशाेर बेपत्ता
मादी नदीले बगाएर एक जना बेपत्ता
खोलाले बगाउँदा एक युवक बेपत्ता