काठमाडौं । अमेरिकाले खाद्य संकटको सामना गर्न नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर (करिव १ अर्ब ९२ करोड रुपैयाँ) दिने घोषणा गरेको छ ।
‘खाद्यान्न, मल र इन्धनको बढ्दो मूल्यका कारण जीवन बचाउन, गरिबी, भोकमरी र कुपोषणको वृद्धिलाई न्यूनीकरण गर्न अमेरिकी सरकारबाट अनुदान प्राप्त गर्ने ४७ भन्दा बढी देश र क्षेत्रीय संस्थाहरूमध्ये नेपाल एक हो,’ अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी सरकारले हालै मात्र २ अर्ब ७६ करोड अमेरिकी डलर अनुदानको घोषणा गरेको थियो । सोही अनुसार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले नेपाललाई विश्वव्यापी खाद्य संकटबाट जोखिममा परेका जनतालाई जोगाउन १ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने भएको हो ।
अमेरिकी सहयोगले बढ्दो मूल्य र खाद्यान्न अभावबाट प्रभावित मानिसहरूलाई पर्याप्त खाने कुराको सुनिश्चितता गर्न सहयोग गर्ने विश्वास विज्ञप्तिमा व्यक्त गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०७ भदौ २०७९, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतबार ओमानमा हुने
भारत र पाकिस्तानलाई आक्रमण बन्द गर्न अमेरिकाको अपिल
अमेरिकामा घरमाथि प्लेन खस्यो
अमेरिकामा दादुराका आठ सय भन्दा बढी बिरामी भेटिएको पुष्टि
अमेरिकामा हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन
सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने अमेरिकाको तयारी