काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्नेहरूका लागि न्युनतम मापदण्ड तय गर्ने भएको छ । उम्मेदवारको मापदण्ड तय गर्न बुधबार पार्टी केन्द्रीय सचिवालयको बैठक बस्दैछ ।
बैठक दिउँसो २ बजे पार्टी मुख्यालय आलोक नगरमा बस्नेगरी बोलाएको उपमहासचिव डा. विजय पौडेलले जानकारी दिए । सो पार्टीका नेताहरुका अनुसार सचिवालय बैठकले मापदण्ड तय गरेर निर्वाचन क्षेत्र कमिटीलाई तोकिएको मापदण्डभित्र रहेर उम्मेदवार सिफारिस गर्न सर्कुलर जारी गरिनेछ ।
नेकपा समाजवादी सत्तारुढ दलमा तेस्रो ठूलो दल छ । पाँच दलीय गठबन्धनमा रहेका दलहरूलाई १६५ मध्ये कुन दलले कति सिट पाउने भन्ने टुंगो लागि सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ भदौ २०७९, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापतिमा जसपाको उम्मेदवार राजकिशोर यादव
खर्च विवरण सार्वजनिक नगर्ने दुई हजार बढी उम्मेदवारमाथि कारबाही
डाटा हराएकाले पुनः दरखास्त दिन लोक सेवा आयोगको आह्वान, शुल्क तिर्न नपर्ने
उम्मेदवार शिवचन्द्रले गरे मतदान, उपेन्द्रले भने भोट हाल्न नपाउने
रास्वपाद्वारा उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
मुद्दा नचल्ने भएपछि रवि लामिछानेलाई उम्मेदवार बन्ने बाटो खुल्यो