बुटवल । रुपन्देहीमा गए राति गोली चलेको छ । जिल्लाको ओमसतियामा अज्ञात समूहको गोली प्रहारबाट एकजना युवा गम्भीर घाइते भएका छन्।
ओमसतिया गाउँपालिका-४ वसन्तपुरमा भएको गोली प्रहारबाट सिद्धार्थनगर नगरपालिका-१ बेलहियाका विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ। आइतबार राति करिब ११ बजेतिर वसन्तपुर वडा कार्यालय अगाडि उक्त समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
मोटरसाइकलमा आएको तीन जनाको एक समूहले उनीमाथि गोली प्रहार गरेको थियो। गुरुङको बायाँ कोखामा गोली लागेको र उनको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
गोली प्रहार हुनुभन्दा आधा घण्टा अगाडि रोहिणी गाउँपालिका वडा नम्बर १ बाइपासस्थित सिद्धार्थ कटेजमा एक समूहले सुनका गरगहना र नगदसमेत लुटेर भागेकोले सोही समूहले गोली प्रहार गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० साउन २०७९, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिड्नी बन्डी बिच गोलीकाण्ड : आक्रमणकारी बाबु छोरा रहेको खुलासा
अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीकाण्ड, २ जनाको मृत्यु
दाङको लमहीमा गोली चल्यो, एकजना घाइते
मापकपदार्थ सेवन गरेका बुवाले चलाए गोली, छोराको मृत्यु
सुकुम्वासी बस्तीमा ७ राउन्ड गोली फेला
जनकपुरमा प्रहरी र व्यवसायीबीच झडप, प्रहरीले चलायो गोली, १० प्रहरीसहित ११ घाइते