बुटवल । रुपन्देहीमा गए राति गोली चलेको छ । जिल्लाको ओमसतियामा अज्ञात समूहको गोली प्रहारबाट एकजना युवा गम्भीर घाइते भएका छन्।
ओमसतिया गाउँपालिका-४ वसन्तपुरमा भएको गोली प्रहारबाट सिद्धार्थनगर नगरपालिका-१ बेलहियाका विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ। आइतबार राति करिब ११ बजेतिर वसन्तपुर वडा कार्यालय अगाडि उक्त समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
मोटरसाइकलमा आएको तीन जनाको एक समूहले उनीमाथि गोली प्रहार गरेको थियो। गुरुङको बायाँ कोखामा गोली लागेको र उनको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
गोली प्रहार हुनुभन्दा आधा घण्टा अगाडि रोहिणी गाउँपालिका वडा नम्बर १ बाइपासस्थित सिद्धार्थ कटेजमा एक समूहले सुनका गरगहना र नगदसमेत लुटेर भागेकोले सोही समूहले गोली प्रहार गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० साउन २०७९, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते
गोली चलाएर प्रहरीले समात्यो लुटेरा
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या