काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत (छैटौँ तह) दीपेन्द्र बुढा क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गत साउन १ गते आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीसँग रु ३० हजार घुस रकम लिएको भन्दै क्षेत्रीलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा अधिकृत क्षेत्रीले सामानको बिल भुक्तानी गर्नका निम्ति सेवाग्राहीसँग घुस माग गरी रु १४ हजार बैंक खातामा ट्रान्सफर गर्न लगाएको र रु ३० हजार उनको साथबाट बरामद भएको पुष्टि हुन आएको आयोगले जनाएको छ ।
क्षेत्रीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर गरेको भन्दै आयोगले बिगो रु ४४ हजारसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद तथा जरिवानाको सजायको मागदावी गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ साउन २०७९, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतद्वारा अख्तियारसँग मिसिल झिकाउने आदेश
नागार्जुन नगरपालिकामा अख्तियारको छापा, खरिदसम्बन्धी कागजात बरामद
जेनजीको अख्तियार प्रमुखलाई मेल, राजिनामा नदिए अख्तियार घेर्ने चेतावनी।
अख्तियारमा नापी र मालपोतका उजुरी धेरै
अख्तियारले राष्ट्रपतिसमक्ष पेश गर्यो ३५औं वार्षिक प्रतिवेदन
अख्तियारले भन्यो- चोरी भएका सामान फिर्ता नभए सीसीटीभी फुटेजका आधारमा कारबाही