एजेन्सी । भारतको बिहार राज्यको सारण जिल्लामा प्रतिबन्धका बाबजुद विशालु रक्सी सेवन गर्दा ६ जनाको मृत्यु भएको छ ।
पछिल्लो तीनमा विशालु रक्सी सेवनका कारण उनीहरूको मृत्यु भएको हो । गत हप्ता सोही जिल्लामा विशालु रक्सी सेवनका कारण ११ जनाको मृत्यु भएको थियो भने थुप्रै बिरामी परेका थिए ।
स्थानीयले विशालु रक्सी सेवनका कारण मृत्यु भएको दाबी गरे पनि पोष्टमार्टमपछि मृत्युको कारण थाहा हुने प्रहरीले जनाएको छ ।रक्सी व्यापार गर्ने गिरोहलाई पक्राउ गर्ने अभियान सुरु गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गत वर्ष नोभेम्वरदेखि हालसम्म विशालु रक्सी सेवनका कारण बिहारमा मात्र ६० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २८ साउन २०७९, १९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु