काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।
माओवादी अध्यक्ष प्रचण्डका भान्जा गोकुल भण्डारीको हात्तीवनस्थित निवासमा भएको भेट एक घन्टासम्म चलेको थियो। बिहान सवा ९ बजेदेखि सवा १० सम्म भेट भएको हो। बाबुराम भट्टराई निकट स्रोतले चुनावी तालमेल, गठबन्धन र पार्टी एकताका विषयमा छलफल भएको बतायो।
‘प्रचण्डजीसँग डा. सापको भेट भएको हो,’ स्रोतले भन्यो, ‘एक घन्टा चलेको भेटमा एकता, चुनावी तालमेल र गठबन्धनको विषयमा छलफल भयो, फेरि समय मिलाएर बस्ने कुरा भएको छ।’
नेसपालाई गठबन्धनमा सामेल गराउने, प्रतिनिसिधभामा डा. बाबुराम भट्टराईको सुनिश्चितताको खोजी गर्ने लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ। प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर फर्केलगत्तै यी ३ नेताबीच भेटवार्ता भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ साउन २०७९, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खाेटाङका माओवादी सांसद पासाङको आरोप– “सुदन किराँती भ्रष्ट छन्”
बैठकमा आफ्नो कुरा राखेर उठेर हिँड्ने जनार्दनको शैली अराजक: प्रचण्ड
चितवनबाट उठेको न्यायको आवाज — जेन Z आन्दोलनमाथिको दमन र विद्यार्थी हत्याविरुद्ध हस्ताक्षर अभियान सम्पन्न!
देशमा क्रान्ति र प्रतिक्रान्ति आमनेसामने छन् : प्रचण्ड
प्रचण्डसँग महराको गुनासै गुनासो
के छन् माओवादी निकट जेनजी रेडफोर्सका मागहरू ? हेर्नुहोस् (विस्तृतमा)