काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।
माओवादी अध्यक्ष प्रचण्डका भान्जा गोकुल भण्डारीको हात्तीवनस्थित निवासमा भएको भेट एक घन्टासम्म चलेको थियो। बिहान सवा ९ बजेदेखि सवा १० सम्म भेट भएको हो। बाबुराम भट्टराई निकट स्रोतले चुनावी तालमेल, गठबन्धन र पार्टी एकताका विषयमा छलफल भएको बतायो।
‘प्रचण्डजीसँग डा. सापको भेट भएको हो,’ स्रोतले भन्यो, ‘एक घन्टा चलेको भेटमा एकता, चुनावी तालमेल र गठबन्धनको विषयमा छलफल भयो, फेरि समय मिलाएर बस्ने कुरा भएको छ।’
नेसपालाई गठबन्धनमा सामेल गराउने, प्रतिनिसिधभामा डा. बाबुराम भट्टराईको सुनिश्चितताको खोजी गर्ने लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ। प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर फर्केलगत्तै यी ३ नेताबीच भेटवार्ता भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ साउन २०७९, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा