एजेन्सी । देश छोडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटवाया राजापाक्षे सिंगापुरबाट थाइल्यान्ड जाने भएका छन्। रोयटर्सका अनुसार राजापाक्षे बिहीबार नै सिंगापुरबाट थाइल्यान्डको राजधानी बैंकक पुग्ने तयारीमा छन्।
थाइल्यान्डमा राजापाक्षेले राजनीतिक शरण माग्ने नभई केही दिन मात्र बस्ने जनाइएको छ। राजापाक्षेसँग अहिले पनि कूटनीतिक पासपोर्ट भएकाले उनी ९० दिनसम्म बस्न थाइल्यान्डमा बस्न सक्ने छन्।
आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा राजापाक्षेविरूद्ध विशाल प्रदर्शन भएका थिए। प्रदर्शनकारीहरूले राष्ट्रपति निवास कब्जा गर्नु केही समयअघि राजापाक्षे त्यहाँबाट बाहिरएका थिए।
जुलाई १४ मा माल्दिभ्स हुँदै सिंगापुर पुगेका राजापाक्षेले उतैबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ साउन २०७९, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंका पूर्वमन्त्री राजापाक्षे भ्रष्टाचारको आरोपमा पक्राउ
आज नेपालले श्रीलंकासँग खेल्दै
श्रीलंकाविरुद्ध पनि कप्तान सावित्राको ह्याट्रिक
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण
पूर्णबहादुर नेपाली श्रीलंकाका राजदूत नियुक्त
श्रीलंकाले हटायो सवारी साधन आयात माथिको प्रतिबन्ध