काठमाडौँ । बंगलादेशमा पेट्रोलियम पदार्थको भारी मूल्यबृद्धिको देशव्यापी विरोध भएको छ । बंगलादेशी सञ्चारमाध्यमका अनुसार यो मूल्यवृद्धि ‘अहिलेसम्मकै उच्च’ हो ।
सरकारले केही दिनअघि पेट्रोल र डिजेलको मूल्यमा ५० प्रतिशतभन्दा बढी वृद्धि गरेको थियो । टापु देश श्रीलङ्कापछि दक्षिण एसियाको अर्को देश बंगलादेश पनि प्रदर्शनबाट प्रभावित छ । आक्रोशित प्रदर्शनकारीहरूले अप्रत्याशित मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बंगलादेश भर इन्धन स्टेसनमा घेरा हालेका छन् ।
शेख हसिना सरकारले मंगलबार पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेको थियो । ५१ दशमलब ७ प्रतिशतले गरिएको उक्त वृद्धि बंगलादेश स्वतन्त्र भएपछि अहिलेसम्मकै इन्धनमा भारी मूल्यबृद्धि भएको जनाइएको छ । मूल्यबृद्धिका बाबजुद पेट्रोल भर्ने मानिसहरूको लाम पेट्रोल पम्पहरूमा देख्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २५ साउन २०७९, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन
बंगलादेशमा आम चुनावको मिति घोषणा
शान्त बंगलादेश : हसिनामाथिको मृत्युदण्डपछि राजधानीमा सामान्य अवस्था
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना दोषी ठहर, मृत्युदण्डको सजाय
शेख हसिना विरुद्धको फैसलाअघि बंगलादेशमा कडा सुरक्षा