काठमाडौँ । बंगलादेशमा पेट्रोलियम पदार्थको भारी मूल्यबृद्धिको देशव्यापी विरोध भएको छ । बंगलादेशी सञ्चारमाध्यमका अनुसार यो मूल्यवृद्धि ‘अहिलेसम्मकै उच्च’ हो ।
सरकारले केही दिनअघि पेट्रोल र डिजेलको मूल्यमा ५० प्रतिशतभन्दा बढी वृद्धि गरेको थियो । टापु देश श्रीलङ्कापछि दक्षिण एसियाको अर्को देश बंगलादेश पनि प्रदर्शनबाट प्रभावित छ । आक्रोशित प्रदर्शनकारीहरूले अप्रत्याशित मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बंगलादेश भर इन्धन स्टेसनमा घेरा हालेका छन् ।
शेख हसिना सरकारले मंगलबार पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेको थियो । ५१ दशमलब ७ प्रतिशतले गरिएको उक्त वृद्धि बंगलादेश स्वतन्त्र भएपछि अहिलेसम्मकै इन्धनमा भारी मूल्यबृद्धि भएको जनाइएको छ । मूल्यबृद्धिका बाबजुद पेट्रोल भर्ने मानिसहरूको लाम पेट्रोल पम्पहरूमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २५ साउन २०७९, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक मतदान हुँदै
बंगलादेश भोलि आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्रमा हिंसाको जोखिम
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला