काठमाडाैँ । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले संसदीय छानबिन समितिको अपूर्ण प्रतिवेदनका कारण अर्थमन्त्रालयमा सचिवहरूको भागभाग रहेको बताएका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बजेट बनाउने क्रममा गत १४ जेठ मध्यराति भएका विषयमा छानबिन गर्न गठित संसदीय समितिले अपूर्ण प्रतिवेदन बुझाएको बताए।
जसकारण अर्थमन्त्रालयमा कुनै पनि सचिव जान नमानेको र भएका सचिवले पनि सरुवा मागेको उनको भनाइ छ। ज्ञवालीले भने, ‘कुनै बेला अर्थमन्त्रालयमा सचिव जान हानथाप गर्थे। तर, अहिलेसचिव अर्थमन्त्रालयमा जान नमान्ने, भएकाले पनि सरुवा माग्ने अवस्था सृजना भयो। मन्त्रालयमा सचिव भागाभागको अवस्था सृजना हुनुमा छानबिन समितिको अपूर्ण प्रतिवेदन, अथवा १४ जेठको घटना प्रतिउत्पादक अवस्था बनेको छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ साउन २०७९, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'कांग्रेस विशेष महाधिवेशनमा भदौ २४ को विध्वंशप्रति रहस्यमय मौनता देखियो' : प्रदीप ज्ञवाली
कांग्रेसको आन्तरिक विवादप्रति एमाले नेता प्रदीप ज्ञवालीले किन देखाए चासो ?
'एकताको प्रयासमा रहेकाहरूको विचार मिलेको हो कि स्वार्थ भन्ने संशय' : प्रदीप ज्ञवाली
प्रदीप ज्ञवालीको छुट्टै भेलाप्रति असन्तुष्टि, पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति आश्चर्य
प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी
मतदान प्रक्रियाले पार्टीको आन्तरिक लोकतन्त्र र राष्ट्रिय राजनीतिमा महत्वपूर्ण सन्देश : प्रदीप ज्ञवाली