काठमाडाैँ । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले संसदीय छानबिन समितिको अपूर्ण प्रतिवेदनका कारण अर्थमन्त्रालयमा सचिवहरूको भागभाग रहेको बताएका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बजेट बनाउने क्रममा गत १४ जेठ मध्यराति भएका विषयमा छानबिन गर्न गठित संसदीय समितिले अपूर्ण प्रतिवेदन बुझाएको बताए।
जसकारण अर्थमन्त्रालयमा कुनै पनि सचिव जान नमानेको र भएका सचिवले पनि सरुवा मागेको उनको भनाइ छ। ज्ञवालीले भने, ‘कुनै बेला अर्थमन्त्रालयमा सचिव जान हानथाप गर्थे। तर, अहिलेसचिव अर्थमन्त्रालयमा जान नमान्ने, भएकाले पनि सरुवा माग्ने अवस्था सृजना भयो। मन्त्रालयमा सचिव भागाभागको अवस्था सृजना हुनुमा छानबिन समितिको अपूर्ण प्रतिवेदन, अथवा १४ जेठको घटना प्रतिउत्पादक अवस्था बनेको छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ साउन २०७९, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्या भण्डारीको सदस्यता र जिम्मेवारीबारे अध्यक्षसँगको वार्तापछि संस्थागत निर्णय हुनेछ: प्रदीप ज्ञवाली
शिक्षक आन्दोलनको मुख्य एजेन्डा सरकार परिवर्तन जस्तो लाग्न थाल्यो: प्रदीप ज्ञवाली
देशलाई अस्थिर बनाउने षड्यन्त्र गरियो : प्रदीप ज्ञवाली
सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउँदैन : प्रदीप ज्ञवाली
विद्या भण्डारीलाई एमालेको नेतृत्वमा ल्याउने कुनै तयारी छैन : उपमहासचिव ज्ञवाली
बीआरआईलाई धेरै गिजोलेर ऋण भर्सेस अनुदानको बहस गर्न हुँदैन : प्रदीप ज्ञवाली