एजेन्सी। इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) बीच दोस्रो दिन पनि गोली हानाहान जारी रहँदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै २ सय १५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा छ बालबालिका र दुई महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार सिन्ह्वालाई पठाएको प्रेस विज्ञप्तिमा जनाइएको छ।इजरायली वायुसेनाले शनिबार राति दक्षिणी गाजा स्ट्रिप शहर रफाहमा एउटा घरलाई बिना चेतावनी आक्रमणको निशाना बनाउवदा दुई प्यालेस्टिनीको मृत्यु हुनाको साथै ३० भन्दा बढी घाइते भएको प्यालेस्टिनी सुरक्षा स्रोतहरूले सिन्ह्वालाई बताएको छ।
यसैबीच, प्यालेस्टिनी स्रोतका अनुसार उत्तरी गाजाको जबलियाको शरणार्थी शिविरमा शनिबार राति भएको विस्फोटमा चार बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्।
इजरायलले विस्फोटको जिम्मेवारी भने अस्वीकार गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २२ साउन २०७९, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबननमा इजरायलको आक्रमण, मारिए हिजबुल्लाहका कमान्डर
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
गाजामा इजरायलको पुन: घातक आक्रमण, एकै परिवारका ११ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा