एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दक्षिणी इजरायली शहर अरादमा भएको इरानी आक्रमणपछि देशको रक्षा प्रणालीलाई थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
अराद शहरका लागि निकै कठिन साँझ भएको भन्दै प्रधानमन्त्री नेतन्याहूले त्यहाँका मेयरसँग कुराकानी गरेका छन्। इजरायली आपतकालीन सेवाका अनुसार इरानी आक्रमणपछि अरादका कम्तीमा ८८ जनालाई उपचारका लागि अस्पताल लगिएको छ।
सामाजिक सञ्जाल 'एक्स' मार्फत सन्देश दिँदै नेतन्याहूले अहिले घटनास्थलमा खटिएका आपतकालीन र उद्धार टोलीहरूलाई थप बलियो बनाउने जानकारी दिएका छन्। उनले देशभरका नागरिकहरूलाई सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न समेत आग्रह गरेका छन्।
आफ्नो दृढता व्यक्त गर्दै नेतन्याहूले लेखेका छन्, 'हामी हाम्रा शत्रुहरूलाई सबै मोर्चाहरूमा प्रहार जारी राख्न कटिबद्ध छौं।' अराद शहरमा भएको यस क्षतिको विवरण आउने क्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०८ चैत्र २०८२, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का