काठमाडौँ । एमालेका अध्यक्ष केपी ओलीले सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका छन्।
बिहीबार कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँग अन्तरक्रियामा उनले निर्वाचनको मिति घोषणाप्रति टिप्पणी गर्दै सो अभिव्यक्ति दिएका हुन्।‘निर्वाचन घोषणा स्वाभाविक हो। यसमा देश जानुपर्छ भनेर हामीले भन्दै आएका थियौँ,’ ओलीले भने।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमै निर्वाचन गर्ने निर्णय गरेको छ। यसअघि निर्वाचन आयोगले ४ मंसिरमा एकै चरणमा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरेको थियो।
प्रतिनिधि सभाअन्तर्गत १ सय ६५ र प्रदेशसभाअन्तर्गत ३ सय ३० निर्वाचन क्षेत्रमा निर्वाचन हुने भएको छ। सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबारको बैठकले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता