चितवन । चितवनमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनिहरुलाई साउन १७ गते खैरहनी नगरपालिका वडा नं ३ बुद्धशान्ति टोलबाट २ केजी लागुऔषधसहित प्रकाउ गरिएको हो ।
पक्राउ पर्नेमा खैरहनी नगरपालिका–३ बस्ने ३७ वर्षका सुकलाल मोक्तान र सोही वडाका ३४ वर्षीय दिपक घिसिङ तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । उनिहरु घिसिङ तामाङको घर पछाडी सँगै बसेको अवस्थामा प्रहरीले फेला पारेको हो । उनिहरुलाई जिल्ला अदालत चितवनबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा