चितवन । विगत केही दिनदेखि परेको अविरल वर्षाको कारण भरतपुर महानगरपालिका क्षेत्रभित्र पर्ने नारायणी नदी, राप्ती नदी र अन्य खोलाहरुको सतह वृद्धि भएको छ । पानीको सतह बढेकाले नदी तटिय क्षेत्रमा बसोबास गर्ने भरतपुर नगरवासीलाई सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वर्षाको क्रम बढ्दै गइरहेकाले नदी, खोला आसपासका क्षेत्रमा धनजनको क्षति हुन सक्ने, महानगरका अधिकांश वडाहरु डुवानमा पर्न सक्ने तथा वडा नं २९ को पहिरोले नोक्सान पार्न सक्ने देखिएकाले स्थानीयलाई सजह र सर्तक रहन आग्रह गरेकी छन ।
लगातार वर्षासँगै बाढी, पहिरो, डुबान हुने भएकोले सम्बन्धित सबै निकायहरुलाई भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले राहत र उद्धारका लागि सजग र तयारी अवस्थामा आग्रह पनि गरिन् ।
‘
लगातार वर्षा भईरहेको छ,उनले भनिन्,‘नदीको बहाव पनि बढिरहेको छ सम्पूर्ण सूरक्षा निकाय, वडा कार्यालय तथा भरतपुर महानगरपालिकाको विपत व्यवस्थापन प्रतिकार्य ईकाईलाई समन्वयात्मक ढंगले परिचालित भई नियन्त्रण तथा उद्दारमा खटिन तयार रहनुस्।’ प्रमुख दाहालले जेष्ठ नागरिक, बालबालिका तथा अपाड्गता भएका समुदाय तथा गर्भवती महिलाहरूको विशेष ख्याल गर्न समेत आग्रह गरेकी छन । प्रमुख दाहालले सम्बन्धित जोखिम क्षेत्रका टोल सुधार समिती, यूवा क्लबहरूलाई प्रतिकार्यमा परिचालन गर्न वडाअध्यक्षहरूलाई निर्देशन दिइन् ।
महानगरद्धारा जारी विज्ञप्तीमा जोखिम क्षेत्रमा बसोबास गर्ने नगरवासीहरुले विपद आइपरेमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीको सम्पर्क नम्बर ९८५५०५८०६६, आपतकालीन सम्पर्क व्यक्तिको मोबाईल नम्बर ९८४४०२१०८१७ र नगर प्रहरी इन्चार्जको मोबाईल नम्बर ९८४९७०२२८४ मा सम्पर्क राख्न भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ साउन २०७९, १७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरका ४ सय युवाहरुलाई लक्ष्ति गरी सीपमूलक तालिम सुरु
भरतपुर महानगरद्धारा ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु
भरतपुर महानगरका विद्यार्थीहरुको विद्यालयमा नै स्वास्थ्य परिक्षण तथा स्क्रिनिङ अभियान शुभारम्भ
चितवनको गाजर र चुकन्दर जर्मन निर्यात
भरतपुर महानगर र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो