रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा रु एक हजार चोरेको आरोपमा एकजनाले पत्नीको हत्या गरेका छन् । कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापाले मङ्गलबार राति हत्या गरेका हुन् ।
उनले मादक पदार्थ सेवन गरी पत्नीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । रु एक हजारका विषयमा विवाद हुँदा पतिले घरको भित्तामा टाउको ठोकाएर पत्नीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए ।
हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले यमबहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा हत्याको रहस्य खुलेको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार बिहान सावित्री आफ्नै कोठामा टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्रा र कोठामा रगत बगेको र छिटा देखिएको तथा शरीरका विभिन्न भागमा नीलडामसमेत रहेको अवस्थामा फेला पारेको थियो । यमबहादुरलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ साउन २०७९, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या