अमेरिका । अमेरिकाको म्यासाचुसेट राज्यमा विहिबार विहान एक रेलमा आगजनी हुँदा २०० जनाको उद्दार गरिएको थियो । एक जना व्यक्ति भने पुलमा रहेको रेलबाट हामफालेर नदीमा पुगेका थिए । उनको पनि सकुशल बचाउ गरिएको थियो ।
बिहिबार विहान सोमरभिलमा साउथबाउण्ड ओरेन्ट लाईनमा आगजनी भएको ‘म्यासाचुसेट बे ट्रान्सपोर्टेसन अथोरिटी(एमबीटीए)’ले विज्ञप्ति जारी गरेर जानकारी गराएको छ । ‘एमबीटीएका कर्मचारीको सहयोगमा झण्डै २०० यात्रुलाई रेलबाहिर निकालियो । केही व्यक्ति भने आफै झ्यालबाट हामफालेका थिए ,’ एमबीटीएको वक्तव्यमा भनिएको थियो । कम्तिमा एक जना व्यक्ति भने पुलमाथि रोकिएको रेलबाट हामफालेर तल मिस्टिक नदीमा पुगेका थिए । ती व्यक्तिपछि किनारबाट बाहिर निकालिएको र उनले चिकित्सकीय उपचार लिन नचाहेको एमबीटीएले बताएका छन् ।
रेलको तल्लो भागबाट एक धातु झुण्डिएर झिल्का निस्किँदा आगजनी भएको एमबीटीएका जनरल म्यानेजर स्टिभ पोफ्टकले पत्रकार सम्मेलनमा भने । ‘यो डरलाग्दो घटना हो र यो हामीले ग्राहकलाई प्रदान गर्ने खालको सेवा होइन,’ पोफ्टकले भने । घटनामा कोही पनि घाइते नभएको बताइएको छ । ट्रेनमा सबार जेनिफर थोमसन–सुलिभ्यानका अनुसार रेल दाना पुलमा पुगेपछि विस्फोटको आवाज सुनिएको र त्यसपछि रेल रोकिएको बताइन् ।
समाजिक संजालमा पोष्ट गरिएका फुटेजहरुमा मानिसहरुले एकअर्कालाई झ्यालबाट निस्किन सघाइरहेको देखिन्छ । पछि अग्नि नियन्त्रक दल नआउन्जेल रेलका चालक दलले एमरजेन्सी ढोकाको प्रयोग गरेर सबै यात्रुलाई रेलको पछिल्लो डिब्बामा राखेका थिए । तर यसबीच एक जना व्यक्ति भने पुलबाट तल नदीमा हामफालेको पनि थोमसनले बताइन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०६ साउन २०७९, २० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द
अमेरिका र चीनले गरे व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाद्वारा इरानका तीन आणविक साइटमा आक्रमण
अमेरिकाले फेरि थाल्यो विदेशी विद्यार्थीलाई भिसा दिने प्रक्रिया
इरान विरुद्ध इजरायललाई सहयोग नगर्न रुसको अमेरिकालाई चेतावनी
नेपाल अमेरिकाको ‘टायर २ वाच लिस्ट’मा : पछिल्लो २४ वर्षमा महत्वपूर्ण गिरावट