अमेरिका । अमेरिकाको म्यासाचुसेट राज्यमा विहिबार विहान एक रेलमा आगजनी हुँदा २०० जनाको उद्दार गरिएको थियो । एक जना व्यक्ति भने पुलमा रहेको रेलबाट हामफालेर नदीमा पुगेका थिए । उनको पनि सकुशल बचाउ गरिएको थियो ।
बिहिबार विहान सोमरभिलमा साउथबाउण्ड ओरेन्ट लाईनमा आगजनी भएको ‘म्यासाचुसेट बे ट्रान्सपोर्टेसन अथोरिटी(एमबीटीए)’ले विज्ञप्ति जारी गरेर जानकारी गराएको छ । ‘एमबीटीएका कर्मचारीको सहयोगमा झण्डै २०० यात्रुलाई रेलबाहिर निकालियो । केही व्यक्ति भने आफै झ्यालबाट हामफालेका थिए ,’ एमबीटीएको वक्तव्यमा भनिएको थियो । कम्तिमा एक जना व्यक्ति भने पुलमाथि रोकिएको रेलबाट हामफालेर तल मिस्टिक नदीमा पुगेका थिए । ती व्यक्तिपछि किनारबाट बाहिर निकालिएको र उनले चिकित्सकीय उपचार लिन नचाहेको एमबीटीएले बताएका छन् ।
रेलको तल्लो भागबाट एक धातु झुण्डिएर झिल्का निस्किँदा आगजनी भएको एमबीटीएका जनरल म्यानेजर स्टिभ पोफ्टकले पत्रकार सम्मेलनमा भने । ‘यो डरलाग्दो घटना हो र यो हामीले ग्राहकलाई प्रदान गर्ने खालको सेवा होइन,’ पोफ्टकले भने । घटनामा कोही पनि घाइते नभएको बताइएको छ । ट्रेनमा सबार जेनिफर थोमसन–सुलिभ्यानका अनुसार रेल दाना पुलमा पुगेपछि विस्फोटको आवाज सुनिएको र त्यसपछि रेल रोकिएको बताइन् ।
समाजिक संजालमा पोष्ट गरिएका फुटेजहरुमा मानिसहरुले एकअर्कालाई झ्यालबाट निस्किन सघाइरहेको देखिन्छ । पछि अग्नि नियन्त्रक दल नआउन्जेल रेलका चालक दलले एमरजेन्सी ढोकाको प्रयोग गरेर सबै यात्रुलाई रेलको पछिल्लो डिब्बामा राखेका थिए । तर यसबीच एक जना व्यक्ति भने पुलबाट तल नदीमा हामफालेको पनि थोमसनले बताइन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०६ साउन २०७९, २० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले अस्थायी रूपमा हटायो इरानी तेलमा लगाइएको प्रतिबन्ध
अमेरिका-इजरायल-इरान द्वन्द्व अन्त्यको माग गर्दै काठमाडौँमा शान्ति प्रदर्शन
अमेरिकी टोली फर्केलगत्तै चिनियाँ टोलीको प्रवेश
आफ्ना नागरिकलाई अमेरिकाले भन्यो- तुरुन्तै इराक छोड्नू
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने
सम्झौताविना टुंगियो अमेरिका–इरान वार्ता