काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले सरकारले नागरिकता विधेयक छलछाम गरेर संसदमा फाष्ट ट्रयाकपाट पारित गर्न खोजेको आरोप लगाएका छन्।
शुक्रबार नागरिकता विधेयक संसदमा फास्ट ट्रयाकबाट पारित गर्ने सरकारको तयारी भइरहँदा छलफलमा भाग लिँदै रावलले कवितामार्फत सरकारलाई प्रश्न गरेका छन्,यो छल हो कि छलछाम हो ?
उनले नागरिकता जस्तो संवेदनशील बिषयमा छलफल नगरी पारित गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्। संसदीय समितिमा नपठाई, राजनीतिक अनैतिकता देखाएर राष्ट्रियतामाथि नै खेलवाड गर्दै विधेयक पारित गर्न खोजिएको उनको आरोप छ।
उनले प्रश्न गरेका छन्– ‘वास्तविक नेपालीले सजिलै र विदेशीले धेरै प्रक्रिया पुर्याएर नागरिकता दिन सरकार तयार नहुनुको कारण के होला ?’आफ्नो देशको हित विपरित जाने सरकारलाई के रोग लाग्यो भन्ने पनि उनको प्रश्न छ।
साथै भारतमा नेपाली चेलीले ७ बर्ष कुर्नुपर्ने हामीले आउनेवित्तिकै दिनुपर्ने यो चलन गैरराजनीतिक र राष्ट्रहित भएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ साउन २०७९, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘कुलिङ अफ पिरियड’ छानबिन प्रतिवेदनलाई भीम रावलले भने: ‘ढाकछोप प्रतिवेदन’
नेपालको अदालतमा भारतीयले बहस गर्न पाउने प्रावधान रह्यो कि हट्यो ? : भीम रावल
भीम रावलको ओली प्रति कटाक्ष : सुतेको र बिरामी भई काम गरेको समय पनि घटाउने कि ?
भीम रावलको टिप्पणी: टिके चलनको निकृष्ट नमुना
भीम रावललाई साथ दिने एमाले नेता निष्काशित
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै