काठमाडौं । नागरिकता विधेयक बाहेकका विषय संसदको कार्यसूचीबाट हटाइएको छ ।
आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदको सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।
संसद बैठक केहीबेर अघिबाट सुरु भएको छ । सरकारले नागरिकता विधेयक संसद बैठकबाट फास्ट ट्र्याकमा पारित गर्ने तयारी गरेको छ ।यसअघि सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विशेष सेवा विधेयक दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, गृहमन्त्री खाँणले कारागार विधेयक २०७८ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने लगायतका विषय पनि थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ साउन २०७९, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षासहित चारवटा समितिका बैठक बस्दै
सामाजिक सञ्जालमा महिला सांसदबारे भइरहेको प्रचारप्रति संसदमा आपत्ति
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै
सभामुखबाटै प्रतिनिधिसभा नियमावलीको पालना नभएको विपक्षीको आरोप
सरकार र सभामुखको भूमिकामाथि नेकपाको प्रश्न