काठमाडाैँ । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो पालिकामा भएका समस्या नोट गरेर समाधानको बाटोमा लाग्न निर्देशन दिएका छन्।
काठमाडौँमा बुधबार केन्द्रीय पार्टी स्कुल विभागले गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पालिकामा भएका समस्यालाई नोट गरेर प्राथमिकताका आधारमा समस्या समाधान गर्न निर्देशन दिएका हुन्।
शिक्षा, स्वास्थ्य, खानेपानीदेखि पौष्टिक आहारको व्यवस्थालाई ध्यान दिन निर्देशन दिँदै उनले सिँचाइललगायतका भौतिक पूर्वाधारका क्षेत्रमा काम गर्न जाेड दिए।
आफ्नो पालिकाको विकास र समृद्धिका लागि योजनावद्ध ढंगले अघि बढ्नुपर्ने अध्यक्ष नेपालकाे भनाइ छ। अभिमुखीकरण कार्यक्रम भाेलिसम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ साउन २०७९, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल