काठमाडौं । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण सुरु गरेको नेकपा एमालेले बुधबार वागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दैछ ।
काठमाडौंस्थित प्रज्ञा भवनमा हुने वागमती प्रदेशस्तरीय प्रशिक्षणमा करिव १४ सय प्रतिनिधि सहभागी हुने एमाले नेता आनन्द पोखरेलले जानकारी दिए । प्रदेशका अध्यक्ष, उपाध्यक्ष,जिल्लाका पदाधिकारी,जनवर्गीय संगठनका केन्द्रीय प्रतिनिधि, प्रदेश कमिटीका अध्यक्ष, पालिका अध्यक्ष लगायतलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र नेता काशीनाथ अधिकारीले प्रशिक्षण दिनेछन् ।
त्यसक्रममा अध्यक्ष ओलीले समग्र राष्ट्रिय राजनीति र पार्टीले खेल्नुपर्ने भुमिका, वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी दिनमा पार्टीले गर्नुपर्ने काम र पौडेलले मुलुकको आर्थिक अवस्था र वर्तमान राष्ट्रिय राजनीतिका बारेमा प्रशिक्षण दिनेछन् । त्यस्तै नेता अधिकारीले शुद्धीकरणका विषयमा प्रशिक्षण दिनेछन् । यसअघि एमालेले मधेसको जनकपुर र एक नम्बर प्रदेशको विराटनगरमा प्रशिक्षण गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ साउन २०७९, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत
महाधिवेशनमार्फत आन्तरिक असन्तुलन व्यवस्थापन गरिएको एमाले अध्यक्ष ओलीको दाबी