काठमाडौं । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण सुरु गरेको नेकपा एमालेले बुधबार वागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दैछ ।
काठमाडौंस्थित प्रज्ञा भवनमा हुने वागमती प्रदेशस्तरीय प्रशिक्षणमा करिव १४ सय प्रतिनिधि सहभागी हुने एमाले नेता आनन्द पोखरेलले जानकारी दिए । प्रदेशका अध्यक्ष, उपाध्यक्ष,जिल्लाका पदाधिकारी,जनवर्गीय संगठनका केन्द्रीय प्रतिनिधि, प्रदेश कमिटीका अध्यक्ष, पालिका अध्यक्ष लगायतलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र नेता काशीनाथ अधिकारीले प्रशिक्षण दिनेछन् ।
त्यसक्रममा अध्यक्ष ओलीले समग्र राष्ट्रिय राजनीति र पार्टीले खेल्नुपर्ने भुमिका, वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी दिनमा पार्टीले गर्नुपर्ने काम र पौडेलले मुलुकको आर्थिक अवस्था र वर्तमान राष्ट्रिय राजनीतिका बारेमा प्रशिक्षण दिनेछन् । त्यस्तै नेता अधिकारीले शुद्धीकरणका विषयमा प्रशिक्षण दिनेछन् । यसअघि एमालेले मधेसको जनकपुर र एक नम्बर प्रदेशको विराटनगरमा प्रशिक्षण गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ साउन २०७९, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प