काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको क्रियाशील सदस्य जम्माजम्मी ६ लाख ८७ हजार ९३१ जना हुने भएको छ । कांग्रेसले हिजो मध्यरातसम्म क्रियाशील सदस्यता नविकरणका लागि समयावधी तोकेको थियो ।
जसअवधीमा हालसम्म पाँच लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत क्रियाशील सदस्यको डिजिटल परिचयपत्र प्राप्त गरिसकेको कांग्रेसले जनाएको छ । बाँकी एक लाख ४९ हजार ३०९ सदस्यले स्वयं सदस्यता अद्यावधिक फाराम पेस गरिसकेको र उनीहरुको वडा सभापतिमार्फत नवीकरणको काम भईरहेको कांग्रेसले जनाएको छ ।
अहिले बिहान उसले वक्तब्य जारी गरेर यस्तो तथ्यांक सार्वजनिक गरेको हो । नवीकरण भई डिजिटल परिचयपत्र प्राप्त भईसकेका र सदस्यता अध्यावधिकका लागि वडा सभापतिसमक्ष फारम पेश गरिसकेका सम्म गरेर कांग्रेसको क्रियाशील सदस्य संख्या ६ लाख ८७ हजार ९३१ पुग्ने देखिएको हो । यस अगाडी कांग्रेसको क्रियाशील सदस्य सात लाख ८२ हजार २०९ थिए । यो अवधीमा कांग्रेसको झण्डै एक लाख क्रियाशील सदस्य घट्ने देखिएको हो ।
कांग्रेसले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिअनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न यही जेठ २८ गते राति १२ बजेसम्मको समयसीमा निर्धारण गरिएकामा अर्को सूचना जारी नभएसम्म क्रियाशील सदस्यता वितरणको म्याद बढाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ जेठ २०८३, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण
अहिलेसम्म कतिले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ?