टोकियो। जापानका करिब १०,००० घरहरू विद्युत्विहीन भएका छन् । विद्युतीय सबस्टेसनमा सर्प फसेपछि ठूलो संख्यामा मानिसहरू अन्धकारमा बस्न बाध्य भएका हुन् । सबस्टेसनमा फेसपछि सर्प जलेर मरेको थियो ।
न्युजविकका अनुसार जापानको फुकुसिमा प्रिफेक्चरका कोरियामा सहरका वासिन्दा केही दिनअघि लोडसेडिङको सामना गरेका थिए । सो दिन जापानमा अत्यधिक तापमान बढेको थियो । तोहोकु इलेक्ट्रिक पावर कम्पनीका अन्वेषकहरूले लोडसेडिङको कारण पत्ता लगाउन सफल भए । सवस्टेसनभित्र सर्पको अवशेष फेला परेका थियो ।
अनुसन्धानकर्ताहरूका अनुसार उनीहरूले घटनाबारे पत्ता लगाउँदा सर्प जलिरहेको थियो । सर्पलाई करेन्ट लागेको थियो । जसका कारण धुवाँको मुस्लो निस्किएको थियो । धुवाँ निस्केपछि ६ ओटा अग्नि नियन्त्रक घटनास्थलमा पुगेका थिए ।
सुरक्षाका कारण तत्काल बत्ति बन्द भएको थियो । १० हजार घरले प्रयोग गरेको उक्त वत्ति पुनः आउन झन्डै एक घन्टा लागेको थियो । लोडसेडिङका कारण पंखा र एसी चलाउन नपाउँदा आफूले पसल बन्द गर्नुपरेको एक नाइले बताएका छन् । सर्पको समाचारले त्यहाँका बासिन्दाहरूमा पनि धेरै चासो जगाएको जापान टुडेले जनाएको छ । सर्पले सहरको बिजुली अस्तव्यस्त बनाउन कसरी सफल भयो भनेर धेरैले आश्चर्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०१ साउन २०७९, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन