काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम तालमेल र एकता नै आजको आवश्यकता भएको बताएका छन् । त्यसका लागि सबै इमान्दार भएर अग्रसर हुनुपर्ने उनको जोड छ ।
आज सामाजिक सन्जालमा श्रेष्ठले लेखेका छन्, ‘राजनीतिलाई व्यक्ति वा समूह स्वार्थ केन्द्रित धन्दा नबनाउने हो भने देश र आन्दोलनको आवश्यकता आज वाम तालमेल र एकता नै हो । त्यसका निम्ति सम्बन्धित सबैले गम्भिर आत्म–आलोचक भावसहित इमान्दार अग्रसरता देखाउनु पर्छ ।’
बेलैमा बुद्धि नपुर्याए पछुतो मात्र बाँकी रहला भन्दै उनले सचेतसमेत गराएका छन् । उनले लेखेका छन्, ‘बेलैमा बुद्धि पु¥याऔं, नत्र धेरै ढिलो भैसकेको हुन सक्नेछ । त्यसबेला पछुतो मात्र बाँकी होला कि १ समयमै सोचौं ।’
हिजो राजधानीमा आयोजित एक कार्यक्रममा पनि उनले वामपन्थी शक्तिहरु बीचको तालमेल, मोर्चा र एकताको आवश्यकतामा जोड दिएका थिए । सोही कार्यक्रममा सहभागी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमात्र वामपन्थी भएको खालको धारणा राखेका थिए । ओलीको उक्त अभिव्यक्तिको पनि श्रेष्ठले आलोचना गरेका छन् । श्रेष्ठले सामाजिक सन्जालमा लेखेका छन्, ‘ क ओलीले प्रम हुँदा संविधानको प्रावधान विरुद्ध प्रतिनिधि सभा विघटन गरेको कारणबाट उहाँ नेतृत्वको एमालेको लोकतान्त्रिक विश्वशनीयता (क्रेडिबिलिटी) माथि समेत प्रश्न उठ्ने गरेको विषयमा आत्मालोचक हुनुको सट्टा त्यस प्रकारको अभिव्यक्ति दिनु निश्चय पनि सकारात्मक संकेत होइन । यसले अहं त तुष्टी गर्ला तर देश, जनता र वामपन्थी आन्दोलनलाई कुनै योगदान पुर्याउने छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई सहयोग गर्दै घोषित मितिमा चुनावका लागि एकजुट हुन् नारायणकाजी श्रेष्ठको अनुरोध
‘जेन जेडको प्रदर्शनले भ्रष्ट राजनीतिबाट देशलाई मुक्त गराउनेछ’ : नारायणकाजी श्रेष्ठ
अदालतको अवहेलना मुद्दामा नारायणकाजी श्रेष्ठसँग सर्वोच्चद्वारा लिखित जवाफ माग
न्यायपालिका अहिले गम्भीर संकटमा छ : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता
संघीयता र लोकतन्त्र रक्षाको दायित्व सबैको हो: नारायणकाजी श्रेष्ठ