काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निस्कासन गरेको आईपीओमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता निस्कासन गरिएको हो ।
कम्पनीले निष्कासन गरेको कुल शेयरमध्ये ७० हजार ९८८ कित्ता कर्मचारीहका लागि, १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ भने बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सकिनेछ ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा लगानीकर्ताले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी रेटिङ प्रदान गरेको छ । यसले दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र सहधितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आवेदकले सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयर एपमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सालपा विकास बैंकको आईपीओ आजदेखि बिक्री खुला
आजदेखि नयाँ आईपीओ खुला
एसवाई प्यानलको आईपीओ आजदेखि बिक्री खुला
बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन
स्वस्तिक लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला
सागर डिष्टिलरीको आईपीओ खुला