काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनका बारेमा छलफल भएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको चौथो दिनको बैठकमा आगामी निर्वाचनका साथै समसामयिक विषयमा केन्द्रीय सदस्यहरुले आफ्ना कुरा राखेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
उनले पार्टीलाई सुदृढ बनाउँदै जाने बारेमा पनि छलफल भएको बताए । प्रवक्ता महतले आजको बैठकमा सरकारले वर्ष दिनमा गरेको कामका बारेमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुँदागत रुपमा जानकारी गराएको बताए ।
उनले भने, ‘बैठक चालु छ । सबैको चासो चिन्ता, पार्टीलाई अब कसरी राम्रो बनाउने, निर्वाचनमा कसरी पार्टीले सफलता हासिल गर्ने, साथै देशको समसामयिक विषय, जनताका पीर, मर्का, चासो र चिन्ताका विषयहरुमा छलफल भएको छ । सरकारले गरेका कामका विषयमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुँदागत रुपमा कुरा राख्नुभयो । साउन १ वा २ गते अन्तिम निस्कर्ष निकालेर निर्णय गर्छौं ।’
प्रवक्ता महतले पार्टीले साउन १ वा २ गते अन्तिम निस्कर्ष निकालेर निर्णय गर्ने जनकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असार २०७९, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण
अहिलेसम्म कतिले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ?