काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले राजनीतिक दलहरुमा पार्टीको भक्ति गर्ने नेता रहुन्जेल वैज्ञानिक चेतनाको विकास हुन नसक्ने बताएका छन्।
बिहीबार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राम्रो राष्ट्रको परिकल्पना गर्न राम्रो राजनीति चाहिने र त्यो राजनीतिक दलमा रहने भएकोले राजनीतिक दलहरु सुध्रिनुको विकल्प नरहेको उल्लेख गरे।
नेता भुसालले नेपाली कांग्रेसले वि।सं। २०१२ सालतिरको बिपीको प्रजातान्त्रिक वैज्ञानिक समाजवाद, एमालेको समृद्ध नेपाल, सुखी नेपाली, २१ औँ शताब्दीको वैज्ञानिक समाजवाद र एकीकृत समाजवादीको यात्रा समृद्धिको लक्ष्य समाजवादको नारा नारामै सीमित रहेको बताए।
उनले कुनै पनि दलले नारा ल्याए पनि कसरी बनाउने भन्ने योजना पुष्टि गर्न नसकेको बताए। उनले नेपालमा कुनै पनि पार्टीले बनाएर नाराहरु वैज्ञानिक नरहेको दाबी गरे।
उनले भने, ‘राम्रो राष्ट्रको परिकल्पना गर्ने हो भने राम्रो राजनीति चाहियो। राम्रो राजनीति चाहिने हो भने राम्रो पार्टी चाहियो। खराब पार्टीहरु भएको मुलुकको राम्रो भविष्य हुँदैन। राम्रो पार्टी भनेको वैज्ञानिक चेतना भएको पार्टी हो। राजनीतिमा भएका टाठाबाठाको चेतना वैज्ञानिक छैन। हामीलाई पार्टीको भक्ति गर्ने मान्छे पार्टीमा चाहिएको छ, अनि हामी कल्पना गर्छौं वैज्ञानिक चेतनाको। ती मान्छेहरु सत्तामा गएर वैज्ञानिक चेतना आउँछ ? आउँदैन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असार २०७९, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वको बहिर्गमन नै नयाँ निकासको आधार विन्दु: घनश्याम भुसाल
सबै बन्धन चुँडालेर वाम एकता गर्न घनश्याम भुसालको अपिल
मेरो पुस्ताका नालायकीप्रति म लज्जित छु: घनश्याम भुसाल
नेपालको राजनीति रवि लामिछानेभन्दा पनि मनपरी बोल्नेहरूको हातमा जाँदै छ: घनश्याम भुसाल
घुस नखानेहरूको क्रान्तिकारी पार्टी आवश्यक छ: घनश्याम भुसाल
घनश्याम भुसालका टिप्पणी-‘च्यासलतिर मरणोपरान्त अध्यक्ष भइराख्नुस् भनेर आरती उतारिँदै छ