काठमाडाैँ । सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठक (फूलकोर्ट) ले १३३ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरुको बैठकले नेपाल कानून व्यवसायी ऐन, २०५० को दफा २१ बमोजिम वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडलले जानकारी दिए ।
बैठकले २०४३ सालदेखि प्रमाणपत्र नम्बर (१५८२) देखि २०५१ साल प्रमाणपत्र नम्बर (५२०७)सम्मका कानून व्यवसायीहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ ।
वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नेहरुमा वर्तमान कानून न्याय तथा सङ्घीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला (बन्दी), कानून, न्याय तथा संसदीय मामिलाका सभापित कृष्णभक्त पोखरेल, नेपाल बार एसोसिएनका पूर्व महासचिव सुनिलकुमार पोखरेल, महिलाको सम्पतिको हक स्थापित गर्नलगायत न्यायको क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएकी मीरा ढुङ्गानालगायत छन् ।
नेपाल बार एशोसियसनले पटक पटक प्रधानन्यायाधीशसमक्ष वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गर्न ध्यानाकर्षण गराएको थियो । लामो समयपछि आज सर्वोच्च अदालतको पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २९ असार २०७९, २० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार