काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ। हिजोदेखि सुरु भएको बैठक आज पनि बस्ने भएको हो। बैठक पार्टी मुख्यालय सानेपामा मंगलबार दिउँसो १ बजे बैठक बस्ने छ।
भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने लगायतका विविध एजेण्डामा छलफल हुने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। हिजोको बैठकमा भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई गति दिनका लागि थप संगठन निर्माण गर्ने प्रस्ताव पेस भएको थियो।
यसैगरी, गत स्थानीय तह निर्वाचन परिचालन समितिले गरेको काम र प्रचारप्रसार समितिले गरेको कामको प्रतिवेदन पनि पेस भएको थियो। स्थानीय तह निर्वाचनको समीक्षा हुने र आगामी दिनमा निर्वाचन केन्द्रित भएर पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण