काठमाडाैँ ।श्वेत गंगा हाइड्रोपावरले आउँदो ४ साउनदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ लाख ८९ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ५५ अर्थात् १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बाँकी २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा ८ साउनसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा १८ साउनसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असार २०७९, १७ : ४५
लेखकबाट थप