काठमाडाैँ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका - १५ बाट प्रहरीले ठूलो परिमाणमा लागु औषधसहित दुई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–१३ का २७ वर्षीय सन्तोष साह कलवार, धनुषा महेन्द्रनगर–२ घर भई हाल हेटौंडा–४ स्थित बाइपास रोडमा मुन्ना साइकल स्टोरका सञ्चालक ३७ वर्षीय मुन्ना भन्ने अमन प्रसाद जैसवाल रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज २३९६ नं. को सुमोको सिट मुनी सेतो बोराभित्र लुकाइछिपाइ ल्याएको अवस्थामा नाइट्रोभेट १५०० ट्याब्लेट र विनसिरेक्स २४० बोतलसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
लागु औषध र टाटा सुमो गाडीसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असार २०७९, १७ : ३२
लेखकबाट थप