दार्चुलामा भूकम्पको धक्का महसुस

सफल खबर संवाददाता

आइतबार, २६ असार २०७९, २१ : २३
दार्चुलामा भूकम्पको धक्का महसुस

बैतडी । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु दार्चुला सदरमुकामबाट १७ किलोमिटर पूर्व सितोला रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए ।

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस